काठमाडौँ- गायिका रुशाली भट्टराईको स्वरमा रहेको गीत ‘गुराँसको पछ्यौरी’को भिडियो सार्वजनिक गरिएको छ। लोक शैलीको गीतमा राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ। राजन इशानले संगीत संयोजन गरेको गीतले नेपाली पन प्रस्तुत गर्न खोजेको छ। एमबिबिएसको बिद्यार्थी रुशाली भट्टराईको यो पहिलो गीत हो। सानै देखि गायनमा रुचि राख्ने भट्टराई पढाईबाट केहि समय निकालेर गीत संगीतलाई निरन्तर समय दिदै जाने योजनामा छिन्। यो गीतको भिडियो उत्कृस्ट बनेको छ, यसलाई दर्शकले मन पराउनेमा गायिका भट्टराई आशाबादी छिन्। अब निरन्तर आफुलाई गायनमा अघि बढाउने गायिका भट्टराईको योजना रहेको छ ।
नीशान घिमिरेले निर्देशन गरेको भिडियोमा नेपाली मौलिक गीतमा डाँडा काँडा तथा हिमाली दृश्यहरुलाई सुन्दर रुपमा सागर प्रधानले आफ्नो क्यामेरामा कैद गरेका छन्। भिडियोमा मोडल गरिमा शर्मा फिचर्ड छिन्। सन्तोष राज बाहकले कोरियोग्राफी गरेको भिडियोको सम्पादन निर्देशक घिमिरेले नै गरेका हुन्। भिडियो साईरस प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij