२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिद्धार्थ बैंकले जित्यो ‘कामना सेवा फुटसल कप’ २०२१ को उपाधि

सिद्धार्थ बैंकले जित्यो ‘कामना सेवा फुटसल कप’ २०२१ को उपाधि

1.5K
Shares

काठमाडौं– कामना सेवा विकास बैंकले आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ उपाधि सिद्धार्थ बैंकले जितेको गरेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रेलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।

खेलको निर्धारित समयभित्र दुवै टीमले समान २–२ गोल गरेका थिए । सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले तथा माछापुच्छ्रेको तर्फबाट अभय राना र सञ्जय रानामगरले गोल गरे । टाइब्रेकरमा सिद्धार्थ बैंक २–१ ले विजयी भएको हो । प्रतियोगितामा माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर घोषित भए । सिद्धार्थका शान्तिराम कार्की सर्वाधिक गोलकर्ता र भाष्कर देवकोटा सर्वोत्कृष्ट खेलाडी घोषित भए । फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था एवम् बीमा कम्पनीलगायत २४ वटा टिम सहभागी भएका थिए ।

प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि एवम् कामना सेवा बैंक सञ्चालक विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्साल लगायतले मेडल र ट्रफीसहित प्रमाणपत्र हस्तान्तरण गरे । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटीले सहकार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij