२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वाभिमान लघुवित्तको पांचौ वार्षिक साधारण सभा सम्पन्न

स्वाभिमान लघुवित्तको पांचौ वार्षिक साधारण सभा सम्पन्न

795
Shares

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्थाको पांचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम वित्तीय संस्थाको चूक्ता पुँंजीको नौ करोड बीस लाख पचास हजार रुपैयाँको ३४ प्रतिशत बोनस तथा कर प्रयोजनार्थ १.७० प्रतिशत नगद प्रस्ताव पारित गरेको छ ।

सभाबाट संस्थाको संस्थापक तर्फबाट प्रतिनिधित्व हूने गरी भएको ४ जना संचालकहरुको निर्वाचनमा क्रमशः सन्तोष नारायण श्रेष्ठ, कृष्णप्रसाद अर्याल, गिरीराज पाठक तथा हेमलाल शर्मा र्निविरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सभामा संस्थाको प्रमूख कार्यकारी अधिकृत कृष्ण राज चौधरीले संस्थाको भावी योजना तथा हालको अवस्थाको बारेमा जानकारी गराए । सोही दिन साधारण सभा समापन भए लगतै बसेको संचालक समितिको बैठकबाट संचालक सन्तोष नारायण श्रेष्ठ संस्थाको संचालक समितिको अध्यक्षको रुपमा चयन हून भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij