२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लक्ष्मी बैंकको २१औँ साधारण सभा सम्पन्न

लक्ष्मी बैंकको २१औँ साधारण सभा सम्पन्न

1.3K
Shares

काठमाडौं – लक्ष्मी बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आज (पौष ८ गते) काठमाडौंमा सम्पन्न भएको हो ।

सभामा बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५५ करोड पुगेको छ ।

त्यस्तै, साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आ.व. २०७७/७८ मा रु ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १५२ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij