२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिजाल्स फूडका उत्पादन अब काठमाडौंमा

रिजाल्स फूडका उत्पादन अब काठमाडौंमा

2.2K
Shares

काठमाडौं – ४ वर्षदेखि विभिन्न तयारी प्याकेजिङ स्न्याक्स नमकिन उत्पादन तथा बिक्री वितरण गर्दै आएको रिजाल फूड एण्ड वेभरेज प्रालिले काठमाडौंमा औपचारिक रूपमा बिक्री सुरू गरेको छ।

हालसम्म उपत्यकाबाहिरका बजारमा बिक्री वितरण गर्दै आएकोमा अब नमकिनसहितका उत्पादन काठमाडौंमा पनि उपलब्ध हुनेछन्।
आफ्ना विभिन्न तयारी प्याकेजिङ स्न्याक्स नमकिन औपचारिक रूपमा काठमाडौंमा बजारीकरण गर्न थालेको कम्पनीका प्रबन्ध निर्देशक पुरूषोत्तम रिजालले जानकारी दिए।

उपत्यका बाहिरका प्रमुख बजारमा राम्रो व्यापार गर्दै आएको रिजाल्स फूडले उत्पादन क्षमता बढाउँदै उत्पादनलाई काठमाडौंमा पनि बिक्री गर्न थालेको हो।
रिजाल्सले यसअघि काठमाडौंको भाटभटेनी लगायतका ठूला सुपरमार्केटमा मात्रै बिक्री वितरण गर्दै आएको थियो।

रिजाल फूड एण्ड वेभरेज प्रालिले पूर्वी चितवनमा अत्याधुनिक प्रविधि सहितको कारखानाबाट दालमोठ, भुजिया, आलु भुजिया, आलु चिप्स, मुङ्ग दाल लगायतका उत्पादन तयार पारेर बिक्री गर्दै आएको छ। यहाँ अहिले करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

३४ वर्ष अघि मोरङबाट चितवन आएका रिजाल दाजुभाइले ६ हजार रुपैयाँबाट दालमोठको व्यापार सुरू गरेका थिए। उक्त व्यवसाय फैलँदै अहिले १० करोड रुपैयाँभन्दा बढी लगानी पुगेको छ।

रिजाल्स फूडले वार्षिक २५ करोड रुपैयाँ बढीको कारोबार गर्छ। सरकारलाई बर्सेनि पौने २ करोड रुपैयाँ राजश्व बुझाउँछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij