२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

665
Shares

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर ९३ हजार ३०० रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij