काठमाडौं । युवा नेत्री रन्जु दर्शना विवेकशील साझा पार्टीबाट अलग भएकी छन् । उनले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णय गरेकी हुन् ।
बिहीबार उनले अध्यक्ष रवीन्द्र मिश्रलाई सम्बोधन गर्दै इमेल र पत्र पठाएर पार्टीको सम्पूर्ण जिम्मेवारी र पदबाट अलग भएको घोषणा गरेकी छन् ।
“मिति २०७८ पौष ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रूपमा सक्रिय रहनेछु,” पत्रमा भनिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij