२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकद्धारा वस्तुको आयातमा कडाइ, यस्तो छ नयाँ नियम !

राष्ट्र बैंकद्धारा वस्तुको आयातमा कडाइ, यस्तो छ नयाँ नियम !

2.3K
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले वस्तुहरूको आयातलाई थप निरूत्साहन गर्ने नीति लिएको छ। सोमबार राष्ट्र बैंकको निर्देशनअनुसार अब व्यवसायीहरूले केही निश्चित वस्तु आयात गर्दा बैंकबाट ऋण लिन पाउने छैनन्। पहिले यी वस्तु आयात गर्न उनीहरूले बैंकहरूबाट ऋण लिन पाउँथे। अब भने ती सामान जति मात्रामा ल्याउने हो, त्यति बराबरको पूरा पैसा आयात गर्ने व्यवसायी आफैंले जम्मा गर्नुपर्नेछ।

त्यस्तै परफ्युम, कस्मेटिक सामान, काठका वस्तु तथा सामान, जुत्ता-चप्पल, छाता, लठ्ठी, मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु ल्याउँदा पनि पूरा पैसा व्यवसायी आफैंले जम्मा गर्नुपर्नेछ। नयाँ नीतिअनुसार आयात गर्दा कत्ति पनि ऋण नपाइने, अर्थात् सबै पैसा व्यवसायी आफैंले जम्मा गर्नुपर्ने चिनी, चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा, भिनेगर, चुरोट, सूर्तिजन्य वस्तु लगायत हुन्।

यसबाहेक सुनचाँदी आयात गर्दा पनि व्यवसायीले ऋण पाउने छैनन्। पूर्ण रूपमा बिजुलीबाट चल्ने चारपांग्रे र दुईपांग्रे बाहेकका सवारीसाधन आयात गर्दा भने पचास प्रतिशतसम्म रकम व्यवसायीले जम्मा गर्नुपर्नेछ। उनीहरूले सवारी आयातमा पचास प्रतिशत ऋण लिन पाउनेछन्।

त्यस्तै सरकारले पनि तरलता अभाव समाधान गर्न नयाँ नीति लिएको छ। अर्थ मन्त्रालयले बैंकहरूले स्थानीय तहको कोषको रकम निक्षेपका रूपमा परिचालन गर्न पाउने सीमा बढाएको हो।

पहिले यस्तो रकम ५० प्रतिशत मात्र परिचालन गर्न पाइन्थ्यो। हाल यसलाई बढाएर ८० प्रतिशत कायम गरिएको छ। सरकारले २०७९ असार मसान्तसम्मका लागि यो सुविधा दिएको छ। अब बैंकहरूले स्थानीय तहमा जाने ८० प्रतिशतसम्म रकम निक्षेपमा गणना गर्न पाउने छन्।

 

https://www.nrb.org.np/contents/uploads/2021/12/Circular-15.pdf

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij