२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आजदेखि सुर्खेत विमानस्थल सञ्चालनमा

आजदेखि सुर्खेत विमानस्थल सञ्चालनमा

825
Shares

सुर्खेत- सुर्खेत विमानस्थल मर्मतपछि आजदेखि सञ्चालनमा आएको छ। करिब एक महिनादेखि विमानस्थल बन्द थियो। धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो। धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो।

यसबीचमा हेलिकप्टर मात्र अवतरण र उडान हुने व्यवस्था मिलाइएकोमा अब जहाज अवतरण र उडानसमेत हुने भएको छ। सोमबारदेखि बायु सेवा कम्पनीहरूले जहाजको टिकट बिक्री खुला गरेका थिए।

सुर्खेत-काठमाडौं सिधा हवाई उडान गर्ने बुद्ध एअरले पनि आजदेखि नै नियमित सुर्खेतको उडान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij