२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश घोषणा

सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश घोषणा

910
Shares

काठमाडौं – सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैंठकले लगानीकर्तालाई ५ प्रतिशत बोनश शेयर र ०.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको हो । यो लाभांशलाई अब राष्ट्र बैंकले स्वीकृति दिएपछि वार्षिक साधारणसभाबाट पारित गरेर वितरण गरिने उल्लेख छ ।

यो बैैंकले दिएको लाभांश गत वर्षको भन्दा भन्दा कम हो । गत वर्षको नाफाबाट यो बैंकले ८.४२ प्रतिशत लाभांश दिएको थियो । यो बैंकले गत वर्षको ५५ करोड ९३ लाख ६८ हजार रुपियाँ नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij