काठमाडौं – कृषि बिकास बैंकको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त भएका छन् । उनी बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा नियूक्ति भएक हुन् । नवनियूक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हांसिल गरेका छन् ।
उनी हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष रमेशकुमार के.सी.लाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर श्री महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन् ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु क्रमशः डा. निलम ढुंगाना तिम्सेना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंकका संचालक समिति सदस्य संजिव पौडेल, डा.इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेत को उपस्थिती थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij