२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

1K
Shares

काठमाडौं – सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

२०७० सालदेखि सानिमा बैंकमाकार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका थिए। बैंकिङ क्षेत्रमा २६वर्ष लामोे अनुभव भएका पाण्डेले यसअघि नविल बैंकमा १८ वर्ष काम गरिसकेका छन्।

कर्जाको विषयमा राम्रो विज्ञता राखेका उनले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुखकर्जा अधिकृतको जिम्मेवारी निभाइसकेका छन्। उनी सानिमा क्यापिटलको संचालकसमेत भइसकेका छन्। उनको कार्यकालमा बैंक थप उचाईमा पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij