२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको साधारण सभा पुस २९ गते

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको साधारण सभा पुस २९ गते

1.4K
Shares

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (NCCB) ले पुस २९ गते, बिहीबार बैंकको चौबीसौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले होटल हार्दिक, बागबजारमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा बोलाएको छ ।

बैंक सञ्चालक समितिको बैठकले सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न उत्तः दिन साधारण सभा डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिन तथा लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनाथ पुस १२ गते सोमबार एक दिनका लागि बुकक्लोज गर्ने मिति तोकेको छ । यस अनुसार पुस ११ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भइ सेयरधनी कायम लगानीकर्ताहरुले मात्र बैंकको प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij