काठमाडौं – औषधि व्यवस्था विभागले कात्तिक महिनामा १७ वटा औषधि पसललाई कारबाही गरेको छ । औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएकोजस्ता समस्या देखिएका औषधि पसललाई कारबाही गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।
त्यस्ता पसललाई ७ दिनदेखि २१ दिनसम्म बन्द गराएको (निलम्बन गरेको ) उनले बताए । केसीका अनुसार औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि कतिपय पसल दर्ताविनै सञ्चालन गरेको पाइएको छ । अवैध रूपमा सञ्चालन भइरहेका यस्ता औषधि पसलले म्याद गुज्रिएकादेखि शरीरमा गम्भीर असर पार्ने औषधिसमेत बिक्री गरेको भेटिएको विभागले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij