काठमाडौं- काठमाडौं महानगरपालिका ३० मैतिदेबीमा एक दिने निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । शान्ति फाउन्डेसन नेपालको पहलमा र माट्रिका आई केयर सेन्टरको सहयोगमा सञ्चालित सो शिविरमा ३०० जनाको आँखा परीक्षण गराउँदा ५० जनामा मोतियाबिन्दु फेला परेको शान्ति फाउन्डेसन नेपालका अध्यक्ष सन्जीब शाहीले बताए ।
मोतिबिन्दुको समस्या देखिएका बिरामीको माट्रिका आइ केयर सेन्टर पुरानो बानेश्वर ओरालोमा निःशुल्क रुपमा शल्यक्रिया हुने भएको छ।
शिविरमा निःशुल्क आँखा परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको माट्रिका आइ केयर सेन्टरका अध्यक्ष सुरज श्रेष्ठले बताए। शिविरबाट काठमाडौं उपत्यकाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ ।
उक्त शिविरमा १५० जनालाई चस्मा जाँचको लागि आइ सेन्टरमा बोलाएको र आँखा जाँच तथा चस्माको फ्रेम पनि निशुल्क दिइने व्यवस्था मिलाएको सेन्टरका दृष्टि विशेषज्ञ (अप्टोमेट्रिस) कृष्ण कुमार धनखोटीले बताउनुभयो।
शिविरमा २ वर्षका बच्चाहरू देखि ९० वर्षका वृद्धहरुले पनि निशुल्क उपचार गरेका छन्। माट्रिका आई केयर सेन्टरले प्रत्येक हप्ता काठमाडौं उपत्यका तथा उपत्यका भन्दा बाहिर पनि निशुल्क आँखा शिविर गर्दै आइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij