२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विवादमा तानिएका पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित

विवादमा तानिएका पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित

1K
Shares

काठमाडौं – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी निलम्बनमा परेका छन् । बोर्डको सञ्चालक समितिको बैठकले उनलाई निलम्बन गरेको हो । त्रिभुवन विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेका सीईओ रेग्मीलाई निलम्बन गरेको छ । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पदीय हैसियतको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरेका हुन् ।

सिइओ रेग्मीले एक महिनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्सीको निहुँमा भन्सारका कर्मचारीसँग झगडा गरेको विषय बाहिरिएको थियो । यो प्रकरण सञ्चार माध्यममा आएपछि पर्यटन मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij