काठमाडौं – नेकपा (एमाले)ले उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा व्यवसायी एवं पूर्वमन्त्री मोति दुगडलाई नियुक्त गरेको छ। यस्तै, उपप्रमुखमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नियुक्त भएका छन।
एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। दुगड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार पनि बनेका थिए। १२ असोज २०७१ मा एमाले प्रवेश गरेका दुगडलाई ओलीले ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए।
यसैगरि प्रसाईलाई अध्यक्ष केपी ओलीले हालै पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij