२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ टिभिएस रेडर मोटरसाइकल सार्वजनिक

नयाँ टिभिएस रेडर मोटरसाइकल सार्वजनिक

1.2K
Shares

काठमाडौं – नयाँ टिभिएस रेडर मोटरसाइकल बिहीबार सार्वजनिक भएको छ। शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले, बुटवलस्थित सोरुमबाट उक्त बाइक उक्त सार्वजनिक गरेको हो।

कम्पनीकाअनुसार यो बाइक युवालक्षित एकसय २५ सिसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सले सुसज्जित छ। सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र निता प्रधांगना, टिकटक स्टार उषा उप्रेतीको उपस्थितिमा बाइक सार्वजनिक गरिएको थियो।

युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसिडी डिजिटल स्पिडोमिटर, थ्रिभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्स छन्। साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij