काठमाडौं– साथीमार्टको ब्राण्ड एम्बेसडरमा राजेश हमाल नियुक्त भएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा हमाललाई एम्बेस्डर घोषणा गरिएको हो।
सोही कार्यक्रममा कम्पनीले साथीमार्टको मोबाइल एप पनि सार्वजनिक गरेको छ। हाल एण्ड्रोइड भर्सनमा साथीमार्टको मोबाइल एप उपलब्ध छ। छिट्टै आइओएसमा पनि एप उपलब्ध गराउने साथीमार्टका संस्थापक सिइओ सागर पोखरेलले बताए।
साथीमार्टले सुरुआतको १६ महिनामा सातै प्रदेशका सहरमा ७ दर्जन बढी आउटलेट खोल्न सफल भएको छ। आईएसओ ९००१ र २०१५ प्रमाणित कम्पनी साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ।
साथीमार्टको यसै बर्ष थप २ सय आउटलेट खोल्ने लक्ष्य छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij