काठमाडौं– साताको कारोबार अन्तिम दिन बिहीवार सेयर बजार ३७ अंकले घटेको छ। आज सेयर बजार नेप्से परिसूचक ३७ अंकले घटेर २३७६ दशमलव ७४ अंकको विन्दूमा झरेको छ।
आज १८ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने १६९ वटा कम्पनीको से यर मुल्य घटेको छ। म्यूचुअल फण्डबाहेक सबै उपसूचकहरु घटेका छन्। दिनभरमा २२४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० सेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँको सेयर किनबेच भएको छ।
आज सबैभन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ। बैंकको ९ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, आज नेपाल बङलादेश बैंकको ७ करोड ८ लाख, समृद्धि फाइनान्स कम्पनीको ६ करोड ९५ लाख र अपि पावर कम्पनीको ६ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल बङलादेश बैंकका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ५९ प्रतिशतका दरले गुमाएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij