काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुप (जुन निकट भविष्यमा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट हुँदैछ) बाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमती पत्रमा हस्ताक्षर गरेको छ।
बुधबार बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौता आदानप्रदान गरेका छन्।
सिडिसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्छ। साथै बैंकलाई नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरु जस्तै जलविद्युत, नविकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्नेछ।
यस ऋणलाई बैंकले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सृजना गर्दै दिगो र समावेशी विकासमा लगानी बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
सिडिसी ग्रुपका प्रबन्ध निर्देशक तथा एशिया प्रमुख श्रिनि नागाराजनले नेपाल सधैँ सिडिसीको प्राथमिकतामा रहेको बताउँदै नेपालभर शाखा सञ्जाल पुगेको ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij