२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ओलीलाई पूर्वराजासँग पाँच बुँदे सहमति प्रमाणित गर्न प्रचण्डको चुनौती

ओलीलाई पूर्वराजासँग पाँच बुँदे सहमति प्रमाणित गर्न प्रचण्डको चुनौती

1.3K
Shares

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति नभएको स्पष्ट पारेका छन् ।
आज प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सो आरोप पुष्टि गर्न चुनौति समेत दिएका छन् । उनले राजासँग पाँच बुँदे सहमति भएको भन्ने शत प्रतिशत झुटो कुरा प्रचार भएको बताएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा बोल्दै २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँचबुँदे सहमति भएको’ दाबी गरेका थिए । ओलीले भने यो आरोपको ‘फ्याक्ट’ चेक गर्ने जिम्मा आफूले नलिई ज्ञानेन्द्र र प्रचण्डलाई नै छाडेका थिए ।
​प्रचण्डले ओलीलाई उक्त दाबी प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिएका छन् । उनले ओली झुट, बेइमानी र धोकाको अर्को नाम भएको समेत प्रेम वक्तव्यमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij