काठमाडौं– बुधवार सेयर बजार ४ अंकले घटेर २४१४ दशमलव ६२ को बिन्दुमा झरेको छ। आज बैंकिङ, होटल्स एण्ड टुरिजम, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा उपसूचक घटेका छन्। आज ९६ वटा कम्पनीको सेयर मूल्य बढेको छ।
दिनभरमा २२८ कम्पनीका ९८ लाख ७९ हजार १ सय ९ सेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार रुपैयाँको सेयर किनबेच भएको छ।
९० वटा कम्पनीको शेयरमुल्य बढदा ९२ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने बाँकी ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । बैंक, माइक्रोफइनान्स, होटल एण्ड टुरिजम,लाइफ इन्स्योरेन्स र अन्य कम्पनीको शेयरमूल्य घटेको छ । भने बाँकी सबै कम्पनीको शेयर मुल्य बढेको हो । बजारमा आज महालक्ष्मी विकास बैंकको सर्वाधिक १६ करोड ५५२ लाख कित्ता शेयर कारोबार भएको छ ।
दिव्यश्वरी हाइड्रोपावर, सामलिङ पावर कम्पनी, मल्टीप्रपोस फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, युनियन हाइड्रो, बेष्ट फाइनान्स, बुटवल पावर कम्पनी आदि कम्पनीको शेयरमूल्य बढेको छ ।
आज सर्वाधिक मूल्य घट्ने कम्पनीहरुमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री पफाइनान्स, हिमालय जेनेरल इन्स्योरेन्स, युनिभर्सल नेपाल कम्पनी आदि कम्पनीहरु रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij