२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मिसेस नेपाल वर्ल्डको फाइनल पौष १७ गते हुने

मिसेस नेपाल वर्ल्डको फाइनल पौष १७ गते हुने

1.6K
Shares

काठमाडौं– विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको नेपालको सबैभन्दा ठुलो र सफल प्रतियोगिता मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धाका लागि २४ महिलाबीच भिडन्त हुने भएको छ।
आगामी पौष १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा हुने वाईवाई मिसेस नेपाल वल्र्ड नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ। करिब १ महिने प्रशिक्षणपश्चात सम्पन्न हुने प्रतियोगितामा रेइबी बज्राचार्य , सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बाँनिया, जयन्ती राई, बिनिता कूइँकेल, सुमिता लामा , राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ्ग तामाङ्ग, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दिक्षा केसी, पार्वती गिरी, सृजना सुबेदी, निरन्जना भेटवाल, समिक्षा कार्की र माला सुनारका साथमा नायिका उषा रजक पनि सहभागी छिन्।
रिबन इंटरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वल्र्डको आधिकारिक फ्रेन्चाईजी प्राप्त गरेसँगै मिसेस नेपाल वल्र्डका रुपमा हुने प्रतियोगिता अब वाई वाई मिसेस नेपाल वल्र्डका नाममा हुनेछ।
अन्तराष्ट्रिय रुपमा ख्याति आर्जन गरेको मिसेस वल्र्डको फ्रेन्चाईजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाई समेत यो सोन्दर्य प्रतियोगितामा सामेल भएपछि यो प्रतियोगिता वाईवाई मिसेस नेपाल वल्र्ड २०२१ का नाममा हुने आयोजक संस्थाका अध्यक्ष निशु कान्त झाले जानकारी गराए। झाका अनुसार मिसेस नेपाल वल्र्डसँगै सोहि स्टेजमा मिसेस नेपाल इंटरनेसनल र एमएस इंटरनेसनल उपाधि विजेता पनि चयन गरिनेछ।
विभिन्न वर्ग र उमेरका प्रतिभाशाली व्यक्तिहरुको व्यत्तित्व र क्षमता बृद्धीका लागि विभिन्न प्रतिभामुलक स्पर्धा तथा सौन्दर्य प्रतियोगिता गर्दै आएको रिबन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डको विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ। यता मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड १९ का कारण २०२० मा स्थगीत हुन पुगेको थियो भने यस वर्षदेखि परिमार्जित रुपमा यसलाई अगाडि बढाइनेछ।
यो वर्ष मिसेस वल्र्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन्। प्रतियोगितामा अस्विनी झाको कोरियोग्राफी रहनेछ।
रिबन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न हुने यस कार्यक्रमको मार्केटिंग की एडभरटाइजिङ्गले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij