२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादी सुुदूूरपश्चिम प्रदेश सम्मेलन प्रदेश कमिटीका सदस्यहरू घोषणा गरेर सम्पन्न

माओवादी सुुदूूरपश्चिम प्रदेश सम्मेलन प्रदेश कमिटीका सदस्यहरू घोषणा गरेर सम्पन्न

770
Shares

धनगढी – नेकपा (माओवादी केन्द्र) सुुदूूरपश्चिमको प्रथम प्रदेश सम्मेलन प्रदेश कमिटीका सदस्यहरू घोषणा गरेर सम्पन्न भएको छ ।
निर्धारित समयभन्दा तीन दिन ढिलो मंगलबार राति २२३ सदस्यीय प्रदेश कमिटी घोषणा गर्दै सम्मेलन सकिएको हो ।
सम्मेलनबाट सबै जिल्लाबाट प्रदेश सदस्यहरू छानेर सदस्यहरू घोषणा गरिए पनि कतिपय स्थानीय तहमा अझै सहमति हुन सकेको छैन । सहमति हुन नसकेको ठाउँको हकमा पछि मनोनित गर्ने गरी कमिटी घोषणा गरिएको माओवादी केन्द्र सुदूरपश्चिमले जनाएको छ ।
माओवादीले प्रदेश सदस्यहरूको घोषणा गरे पनि पदाधिकारीमा सहमति जुटन नसक्दा चयन गर्न सकेको छैन । घोषित प्रदेश सदस्यबाटै अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहितका ९ जना पदाधिकारी चयन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij