भक्तपुर- भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन आएपछि कर्मचारीको बिचल्ली र बिरामीको उपचारमा सकस भएको छ। बर्षौ देखि अस्पतालमा स्थायी भएर काम गर्दै आएका सम्पूर्ण कर्मचारीहरूलाई करार बनाइ भविष्य अन्योल बनाएको अस्पतालका एक कर्मचारीले बताए।
बाहिरबाट कर्मचारी काज सरुवा गरी ल्याउदै स्थानीय कर्मचारीलाई बिस्थापित गर्ने अस्पतालले गरेको छ। अस्पतालबाट अबकाश उमेर हद काटिसकेका व्यक्तिहरुले समेत तलब खाइरहेको पाइएको छ।

अस्पतालले बर्षौ देखि पदोन्नति कुरिरहेका कर्मचारीहरुको वेवास्ता गर्दै आफ्ना निकट व्यक्तिहरुलाई जागिर दिइरहेको छ। पहिलेदेखि उपचार हुदै आएका सेवाहरू पनि बन्द हुदाँ सम्म सुचारु गर्न कुनै पहल नहुँदा बिरामीहरु थप मार्कामा परेका छन्।
हाल अस्पतालमा बन्द भएका सेवाहरु
– राजधानीको एक मात्र ब्राफिथेराफी सेवा एक बर्ष देखि बन्द भएको
– एक मात्र एक्सरे मेसिन पहिले देखि नै बन्द रहेको।
– ब्रोन्कोस्कोपी बन्द रहेको।
– इन्डोस्कोपी सेवा वन्द भएको ।
– क्लोनोस्कोपी सेवा बन्द रहेको।
रक्त क्यान्सर सेवा बन्द रहेको।

लामो समयदेखि थन्किएको simulator मेसिन मर्मत गरेको छैन र नयाँ पनि खरिद गरेको छैन। भारत सरकारले उपहार स्वरुप दिएको भाबाट्रोन मेसिन नलिइ रेडियोथेरापी गर्ने बिरामीलाई महिनौ सम्म कुर्नुपर्ने बाध्यता पारेको छ।
अस्पतालमा फार्मेसी संचालनको कर्मचारी लिएपनि अझै सुचारु हुन सकेको छैन। अस्पताल भित्रै निजि फार्मेसी, सिटी स्क्यान सञ्चालन गर्न दिएको तर आफ्नो सेवा नदिएको कर्मचारी बताउँछन्। सिटी गाइडेड बायोस्पी (CT Guided Biopsy) गर्न काठमाडौं जानुपर्ने बाध्यता भएको उपचार गर्न आउने बिरामी बताउछन्। अस्पतालमा बिना टेण्डर विभिन्न सेवाहरू आउट सोर्स गर्ने गरेको छ।
बिगतका बर्षहरुमा गर्दै आएको उपचारात्मक सेवा, जनचेतना कार्यक्रम र स्वास्थ्य शिविर पनि गर्न सकेको छैन। अस्पतालका निर्देशक डा. बिष्णु दत्त पौडेलबाट जानकारी लिन खोज्दा कार्यालय अनुपस्थित र धेरै पटक फोन गर्दा सम्पर्कमा आउनु भएको छैन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij