कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालले पहिलो पटक र्यालग्रन्थीको सफल सल्यक्रिया गरेको छ । भीमदत्त नगरपालिका बस्ने ३५ बर्षिया लीला पन्तको र्यालग्रन्थीको सफल अप्रेसन गरेको हो ।
पन्तको तीन बर्षदेखि कानको तल गाँठा अर्थात स्वास्थ्य समस्या देखिएको थियो । उनका श्रीमान मान प्रशाद पन्तले कानको तलतिर तीन बर्षदेखि गाँठा देखिएको बताए । ‘तीन बर्षदेखि लिलाको कानको मुनितिर गाठाँ थिए, ‘उनले भने, ‘हामीले छिमेकी मुलुक भारतको खटिमा र धनगढीका ठुल ठुला अस्पतालमा देखाए, त्यहाँ उपचार हुन सकेन ।’ अहिले महाकाली अस्पतालमा आएपछि अप्रेसन भएको बताए । ‘अहिले अप्रेसन भएको छ, ‘लिलाका श्रीमान मान प्रशाद पन्तले भने, ‘खुसी छु घर नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।’
कानमुनी मासु बढ्दै गएपछि दुवाई हुन थालेपछि उपचारका लागि शुक्रबार महाकाली अस्पतालमा भर्ना भएको दोस्रो दिन शनिबार अप्रेसन भएको बताए । ‘उपचारका लागि भारतीय सहित धनगढीका अस्पतालमा यस अघि ६० हजार रुपैया खर्च हुँदा पनि निको भएन, ‘उनले भने, ‘अहिले महाकाली अस्पतालमा ३७ हजार खर्च भयो, सफल अप्रेसन पनि भयो, अब ढुक्क हुने अवस्थामा आएका छौँ ।’ सफल सल्यक्रिया भएपछि पन्तको परिवार खुसी भएका छन ।
उपचारमा संलग्न एव सल्यक्रियामा सहभागि महाकाली अस्पतालका नाक, कान घाँटी तथा थाईराईट रोग विशेषज्ञ डा. प्रशान्त भट्टले र्यालग्रन्थीमा देखिएको क्यान्सरको सल्यक्रिया गरिएको बताए ।
डा. भट्टका अनुसार प्यालग्रन्थीमा ४ सेन्टीमिटर लामो र ३ सेन्टीमिटर चौडाई बराबरको टियुमर(मासु) निकालिएको छ । रोग क्यान्सर भएकाले घाँटी मुख हुँदै मानिसको ज्यान लिनसक्ने भयानक रोग भएकाले समयमै अस्पताल आउँदा सल्यक्रिया भएको बताए । उनका
डा. भट्ट भन्छन् महाकाली अस्पतालमा पहिलो पटक र्यालग्रन्थीको सफल सल्यक्रिया भएको छ । बिरामीको अवस्था समेत क्रमिक सुधार हुनेछ।
सल्यक्रियामा डा. प्रशान्त भट्ट सहित डा. जेन्स थापा(मगर) एनेस्थेसिया, डा. दिपक ठकुराठी ओएनएस दाँतमुख सर्जन संलग्न थिए । तीनै जना डाक्टरको मेहनत, सीप दक्षताका कारण लिलाको सफल अप्रेसन भएको छ । यसरी नै महाकाली अस्पतालमा बिरामीले उपचार पाएसंगै अस्पतालप्रति विश्वास बढ्दै जाने नागरिकको भनाई छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij