२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ निर्वाचित

माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ निर्वाचित

680
Shares

कास्की — नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन् । सोमबार बिहान गुरुङलाई अध्यक्ष सर्वसवम्मत रुपमा चयन गरेको हो ।

शनिबारदेखि पोखरामा जारी अधिवेशनले २८ सदस्य पछि थप्ने गरी २२९ सदस्यीय कमिटि चयन गरिएको छ । अध्यक्ष पदका लागि आकांक्षी बढी नै देखिएपछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो बैठकमा गुरुङलाई अध्यक्ष प्रस्ताव गरी निर्वाचित गरिएको हो । प्रदेश कमिटी उपाध्यक्ष, सचिव सहितका ८ पदाधिकारी आगामी बैठकमा सल्लाह गरेर निर्वाचित सदस्यबाट चयन गरिने बताइएको छ ।

प्रथम प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाबाट ६ सय, मनोनित ६०, आयोजक ९६, जेष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार गरी ८ सय ४६ जना प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij