काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान सुरु भएको छ । तीन घण्टा ढिलो गरी मतदान सुरु भएको हो । मतपत्र छपाइमा ढिलाई भएकाले मतदान ढिलो सुरु भएको हो । राष्ट्रिय सभागृह र मृकुटीमण्डपमा मतदान गर्ने व्यवस्था गरिएको छ । मतदान गर्न विहानै देखि प्रतिनिधि लाइन लागेका छन ।
कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ । काँग्रेस केन्द्रीय सभापति एक सिटका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शेखरप्रसाद कोइराला र शेरबहादुर देउवा उम्मेदवार छन् ।
निर्वाचन समितिका अनुसार सबै पदका लागि मतदान सकिए लगत्तै सभापति पदको मतगणना सुरु हुने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij