काठमाडौं – “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यही मङ्सिर २४ गतेदेखि “सिभिल बैंक डिबेञ्चर २०८८” सर्वसाधारणहरुकोे लागि विक्री खुल्ला गरेको छ ।
बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिवेन्चरको अवधि १० वर्ष रहेको छ । प्रति डिवेन्चर १,००० रुपैयाँ अंकित मूल्यका ३०,००,००० (तीस लाख) कित्ता डिवेन्चरले हुन आउने ३ अर्ब रुपैयाँ बरावरको कुल डिवेन्चर मध्ये १२ लाख कित्ता डिवेन्चर अर्थात १ अर्ब २० करोड रुपैयाँ ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशन गर्न लागेको छ । उक्त ऋणपत्र बिक्रीबाट १८ लाख कित्ता डिवेन्चरले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवर ९एचष्खबतभ एबिअझभलत० बाट बिक्री गरिने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij