काठमाडौं – इसेवा मनि ट्रान्सफरले चाडपर्वलाईलक्षित गर्दै ल्याएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनाअन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ।
यस योजनाअन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पैसा पठाएका हजारौंमध्ये गोलाप्रथाद्वारा स्विडेनमा बस्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषणा भएका छन्।
शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफरमार्फत नेपालमा पैसा सिधैँ बैंक डिपोजिट गरेका थिए। उपहार विजेता स्वयम् स्विडेनमै रहेका उनका प्रतिनिधीले लिएका थिए।
विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले गरे। असोज २ गतेबाट सुरु भएर मंसिर २ मा समापन भएको उक्त योजनामा, बम्पर उपहार योजनाका मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सरग्राइण्डर प्रदान गरिएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij