२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति

एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति

735
Shares

काठमाडौं – एभरेष्ट बैंकलाई २ अर्ब रुपैयाँ बरावरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोप त्र बोर्डले अनुमति दिएको छ । कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट मंसिर २० गते अनुमति पाएको हो ।

अव कम्पनीले कुल २० लाख कित्ता ऋणपत्र मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले ८ वर्ष सम्मका लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा एभरेष्ट बैंक डिबेञ्चर नामक ऋणपपत्र निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij