काठमाडौं– नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको नेतृत्व चयनको मतदान प्रक्रिया सम्पन्न भएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ३ बजेर १० मिनेटमा सम्पन्न भएको हो ।
निर्वाचन समितिका अनुसार २ हजार ८०० प्रतिनिधिहरूले भोट खसालेका छन् । कुल भोटिङ सदस्य सङ्ख्या तीन हजार १८७ रहे पनि २ हजार ८०० जनाले मात्र भोट हालेका हुन ।
भोटिङ प्रक्रिया सकिए लगत्तै नाडाको निर्वाचन समितिले अहिले मतगणना गर्ने कार्य सुरु गर्न लागेको छ । अध्यक्षका प्रत्यासी करण चौधरी र ध्रुव थापाको दुई प्यानलबाट कुल १८ पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij