काठमाडौं– मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जस अनुसार बै.कले १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।
हाल बैंकको चुक्ता पूँजी ७९ करोड ७३ लाख ७६ हजार ९३७ रुपैयाँ ५० पैसा रहेको छ। बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ९० करोड ३४ लाख २८ हजार ७० रुपैयाँ १९ पैसा कायम हुनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij