२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से परिसूचक ६ अंकले घट्यो

नेप्से परिसूचक ६ अंकले घट्यो

755
Shares

काठमाडौं– साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब ६ अंक घटेर बन्द भएको छ। नेप्से ओरालो लागेपनि सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.४७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक बढेको छ।
आज २३१ कम्पनीको ४१ हजार ३८९ पटकको कारोबारमा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार रुपैयाँ बराबरको ६२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.६४ अंक, अन्यको ०.२२ अंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०६ अंक बढेको छ। यस दिन ओरालो लागेका सबै उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.७६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ०.७५ प्रतिशत र जलविद्युतको ०.६१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ८ करोड ८५ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावर, नबिल बैंक र महालक्ष्मी विकास बैंकको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन सिनर्जी पावरको शेयरमूल्य र लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस दिन सपोर्ट माइक्रोफाइनान्स, सिंगटी हाइड्रो इनर्जी, बोटलर्स नेपाल र यूनिभर्सल पावर कम्पनीको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।

त्यसैगरी, यस दिन सामूदायिक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, एनआईसी एशिया लघुवित्तर घलेम्दी हाइड्रोको शेयरमूल्य ४ प्रतिशतभन्दा घटेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij