२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ट्राफिक जरिवाना अब कारबाहीस्थलबाटै तिर्न सकिने

ट्राफिक जरिवाना अब कारबाहीस्थलबाटै तिर्न सकिने

1K
Shares

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने सिष्टमको सुरुवात गरेको छ । महानगरीय ट्राफिक महाशाखाले अब सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम कारबाहीस्थलबाट नै तिर्न सकिने व्यवस्था गरेको छ ।
महाशाखाले बिहीबार ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम तत्कालै कारबाही स्थलबाटै भुक्तान गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट – इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्थाको शुरुवात गरेको जानकारी दिएका छन् ।

एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको चर्चा गर्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरि थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने शुरू गरेको बताए।

पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावालाखेल र जनसेवागरि पाँच वटा ट्राफिक कार्यालयबाट शुरु गरेको यो सेवालाई क्रमश अन्य कार्यालयमा समेत बिस्तार गर्ने महाशाखाले जनाएको छ ।
मादक पदार्थ सेवन गरि सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने समेत महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij