काठमाडौं – हालै सम्पन्न प्रजातन्त्रबादी चिकित्सक संघ नेपालको तेश्रो केन्द्रिय महाधिबेशनले नयाँ नेतृत्व चयन गरेकोछ । २०६६ सालमा स्थापित उक्त संस्थामा समाजसेवी चिकित्सक डा. मनोर दिन सैयद उपाध्यक्ष, बागमती प्रदेश संयोजकको रुपमा सर्बसम्मत निर्बाचित हुनुभएको हो । नेपाली कांग्रेसका महामन्त्री प्रा.डा. शसांक कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त महाधिबेशनमा अध्यक्ष ड़ा. अनिल बिक्रम कार्की, वरिष्ठ उपाध्यक्ष ड़ा. विक्रान्त ढकाल, महासचिव ड़ा.संयुक्त आचार्य , कोषाध्यक्ष डा.समाज गौतम, सचिव ड़ा. पवन हमाल लगायत निर्बाचित हुनुभएको नेपाल चिकित्सक संघका महासचिब ड़ा.बद्रि रिजालले जानकारी दिनुभयो ।

सो कार्यक्रममा संस्थापक अध्यक्ष डा.केदार नरसिंह के.सी.ले संस्थाको इतिहास र देशमा प्रजातन्त्र स्थापनाको लागि चिकित्सकहरुको भूमिका बारे प्रष्ट पार्नु भयो । निबर्तमान अध्यक्ष डा. लक्ष्मीराज पाठकको सभापतित्त्वमा भएको उक्त महाधिबेशनमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरु डा. चोप लाल भुषाल, डा. अन्जनीकुमार झा, डा. मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष ड़ा. शिवजी पौडेल लगायतका वक्ताहरुले नेपालको स्वास्थ्य अवस्था र चिकित्सकहरुको उचित सहभागिताको बारेमा प्रकाश पार्नुभयो ।

नवनिर्वाचित अध्यक्ष ड़ा. अनिल बिक्रम कार्कीले कसैको हार जित नभई प्रजातन्त्रको जित भएको र आफुले टिम वर्कमा बिस्वास गर्ने बताउँदै सबैलाई साथ लिएर अगाडी बढ्ने बाचा गर्नु भयो । समाजसेवी काम गरेर चर्चा कमाउन सफल मिडियासंग अत्यन्तै नजिक रहेका ड़ा. सैयदको पदाधिकारी चयनले समाजसेवाको साथै देशको मूल राजनीतिमा समेत प्रवेशको अड्कलबाजी गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij