२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

1.1K
Shares

काठमाडौं – फरवार्ड माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ३५ प्रतिशतले हुन् आउने २१ करोड ८९ लाख ३१ हजार ७ सय ३७ रुपैयाँ ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७ प्रतिशतले हुन आउने ४ करोड ३७ लाख ८६ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा नगद गरि कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ५५ लाख रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij