२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रभु बैंकको लाभांश स्वीकृत

प्रभु बैंकको लाभांश स्वीकृत

710
Shares

काठमाडौं – प्रभु बैंक लिमिटेडले प्रस्ताव गरेको गत आर्थिक वर्ष ०७७/७८ को लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले बुधवार नेप्सेमार्फत सुचना जारी गरी मंसिर २१ गते राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।

बैंकले गत वर्षको मुनाफाबाट कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैठकले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब ३४ करोड ७० लाख ५७ हजारको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसँगै आगामी वार्षिक साधारण सभामा पारित हुने बाटो खुला भएको छ । बैंकले यस वर्ष गत वर्षभन्दा बढाएर लाभांश प्रस्ताव गरेको हो । गत वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि बैंकले शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij