२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सानिमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

सानिमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

815
Shares

काठमाडौं- सानिमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ।

बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयवासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

मंगलबार बिहान ९ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। बैंकले हरेक बर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ११७ वटा कार्यालयहरु र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij