काठमाडौं– साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड लाई नेपाल राष्ट्र बैंकले ३२ करोड ९३ लाख ५० हजार २५८ रुपैयाँ बराबरको लाभांश वितरण गर्न स्वीकृति दिएको छ ।
बैंकले लघुवित्तले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १।३१५७ प्रतिशत नगद लाभांश बाँड्न अनुमतिदिएको हो ।
अब लघुवित्तलाई साधारण सभा आह्वान गरी प्रस्तावित लाभांश अनुमोदन गर्न बाटो खुल्नेछ । लघुवित्तले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ३१ करोड २८ लाख ८२ हजार ७३५ रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि १ करोड ६४ लाख ६७ हजार ५१३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
लघुवित्तको प्रस्तावित लाभांश बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij