२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोर्खा ब्रुअरीले ल्यायो नयाँ बियर ‘फायर मुन’

गोर्खा ब्रुअरीले ल्यायो नयाँ बियर ‘फायर मुन’

1.9K
Shares

गोर्खा ब्रुअरीले जाडो मौसमको लागि नयाँ बियर फायर मुन बजारमा ल्याएको छ। यो नेपालको पहिलो विन्टर वार्मर बियर भएको कम्पनीको दाबी छ । यो विन्टर वार्मर बियर, नेपालको कठ्याङ्ग्रीने जाडोको लागि निकै नै उपयुक्त रहेको कम्पनीद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ।

‘फायर मून एउटा विन्टर वार्मर क्राफ्ट बियर हो, जसमा बियर पिउँदा शरीरलाई न्यानो पार्र्न मद्दत गर्ने उत्कृष्ट बास्ना भएको मसलाहरुको स्वाद छ ,’ बिज्ञप्तिमा भनिएको छ , ‘यसमा हप्स, माल्ट र यिस्ट बाहेक यस विन्टर वार्मर बियरमा ल्वाङ्ग, सुकमेल, दालचिनी र अदुवा जस्ता शरीरलाई तातो बनाउने मसलाहरु छन् ।’

अन्य बियरहरुभन्दा यो विन्टर वार्मर बियरलाई सहजै पिउन सकिने र यसको मजा चिसो नबनाई कोठाको तापक्रममा पनि लिन सकिने गोर्खा ब्रुअरीले जनाएको छ।

यसको रङ्ग उत्कृष्ट र यो सुगन्धित मसलाहरुले भरिपूर्ण भएकाले यसले जाडो मौसममा न्यानो दिने काम गर्ने बिज्ञप्तिमा भनिएको छ। ५ प्रतिशत अल्कोहलका साथ फायर मून ३३० मिलिको प्रति बोत्तल १ सय ८० रुपैयाँ पर्दछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij