२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

फोटोनका स्कुल भ्यान नेपाली बजारमा

फोटोनका स्कुल भ्यान नेपाली बजारमा

1.5K
Shares

काठमाडौँ – फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको लग्जरी श्रेणीको १५, १६ र १९ सिटर स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ।

आइएसफी २.८ क्युमिक्स जडित ईञ्जिन भएको स्कुल भ्यानमा एउटै ईञ्जिनबाट चल्ने एयर कण्डिसन रहेको छ। उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो स्कुल भ्यान सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ।

विद्यार्थीलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने विद्यालयलाई लक्षित गरी ल्याइएको स्कुल भ्यानमा विशेष प्रकारको सुविधा रहेका छन्। साथै विद्यालय र विद्यार्थीको सुविधालाइ ध्यानमा राखेर अन्य एसेसोरिज पनि थप्न सकिने कम्पनिको भनाइ छ।

आधुनिक ड्यासबोर्ड रहेको स्कुल भ्यानमा हरेक सिटमा एसी भेन्ट र सिट बेल्ट रहेको छ। भ्यानमा आरामदायी सेमि रिक्लाइनिङ सिट रहेका छन्।
सुरक्षालाइ ध्यानमा राख्दै एयर ब्याग पनि रहेको छ। भ्यानमा सामान राख्नको लागी पर्याप्त ठाँउ छ। साथै ब्याग समेत राखेर आरामसगँ बस्न मिल्ने व्यबस्था छ। कम्पनीले नेपालभर १० वटा भन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij