२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जनउत्थान सामुदायिक लघुवित्तद्धारा लाभांश घोषणा

जनउत्थान सामुदायिक लघुवित्तद्धारा लाभांश घोषणा

945
Shares

काठमाडौं– जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ८३ लाख २४ हजार ८०० रुपैयाँ रहेको छ। २५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij