भारत- छिमेकी भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेका छन्। इन्डियन एक्प्रेसका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका छन् भने महाराष्ट्रको पुने जिल्लामा सात जना संक्रमित थपिएका छन्। उनीहरूमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट फर्किएका थिए।
भारतको राजधानी नयाँदिल्लीमा पनि आइतबार एक जनामा ओमिक्रोनको संक्रमण देखिएको छ। योसँगै भारतमा २१ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ।
सुरूमा कर्नाटका राज्यमा ओमिक्रोनका संक्रमित भेटिएका थिए अहिले अरू राज्य पनि संक्रमण बढेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij