२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

955
Shares

काठमाडौं– आज साताको पहिलो आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य बढेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । गतसाताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १२ सय रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार चाँदीको प्रतितोला मूल्य ११ सय ९० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij