२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचकमा ४९ अंकको गिरावट

नेप्से परिसूचकमा ४९ अंकको गिरावट

700
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम आज पनि रोकिएन । जससँगै परिसूचक २५ सय ८४ अंकमा आइपुगेको हो ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक बन्द हुँदासम्म ४९ अंकले ऋणात्मक रह्यो । बजार घटेको दिन आज साताको अन्तिम दिन कारोबार रकममा पनि चमक देखिएन । कारोबार अवधिभर जम्मा ७९ लाख कित्ता सेयर खरिद बिक्री भएर ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

करिब ५० अंकको गिरावट आएको दिन कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सामलिङ पावर कम्पनी र न्यादि हाइड्रोपावर रहेको छ । त्यसैगरी मानुषी लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड, सबैको लघुवित्त वित्तीय संस्था आदि कम्पनीको शेयरमूल्य बढेको हो । सामलिङ पावर कम्पनीको शेयरमुल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता ५०७.५० रुपैयाँ पुगेको छ भने न्यादि हाइड्रोपावरको शेयरमूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता ४१३.१० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज कर्पोरेट विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज १२ करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij