२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अन्तर्राष्ट्रिय रेस्लिङ काठमाडौंमा हुँदै

अन्तर्राष्ट्रिय रेस्लिङ काठमाडौंमा हुँदै

1K
Shares

काठमाडौं– नेपाल महिला रेस्लिङ फाउन्डेसनले काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ सञ्चालन गर्ने भएको छ । मंसिर १८ गते शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने रेस्लिङ महाभिडन्तमा विभिन्न देशका खेलाडीहरूले खेल देखाउँदैछन् ।

कार्यक्रममा अमेरिका, पाकिस्तान, भारत र नेपाली खेलाडीहरूको उपस्थिति रहने फाउन्डेसनको संस्थापक अध्यक्ष एवम् नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिकाले जानकारी दिनुभयो ।

छैटौं पटक भृकुटीमण्डपमा अमेरिकी महिला खेलाडी पोलान्को नेफ्रेटिरीसँग नेपाली चर्चित महिला खेलाडी जुरेली, पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो भिड्दै हुनुहुन्छ ।

त्यस्तै भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हुर्‍र र नेपाली महिला खेलाडीहरू स्नेहा थापा मगर, जमुना तामाङ, गीता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरूसहित अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त हुनेछ ।

कार्यक्रममा रेस्लिङ खेललाई माया गर्ने सबै दर्शकहरूलाई निमन्त्रणासमेत गरिएको छ । खेल शनिवार दिउँसो १२ बजे देखि ५ बजेसम्म हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij