२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन

मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन

725
Shares

काठमाडौं – बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकको प्रस्तावित १७ दशमलव ५८ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको मंगलवार कायम अन्तिम मूल्य ६७२ दशमलव १० को आधारमा बोनस शेयरपछिको मूल्य ५ सय ७१ दशमलव ६४ तोकेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बोनस शेयरसँगै शून्य दशमलव ९३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव समेत गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले मंसिर २५ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले नेप्सेले बोनस शेयरपछिको मूल्य तोकेको हो ।

बुक क्लाजको आधारमा मंसिर १४ गतेभित्र शेयर कायम गर्नेहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । हाल बैंकको चुक्तापूँजी रू. ४ अर्ब ८१ करोड १५ लाख ५० हजार छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij