२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांग्रेस नेता गोकुल बरुवालद्धारा प्रदेश महामन्त्रीमा उम्मेदवारी घोषणा

कांग्रेस नेता गोकुल बरुवालद्धारा प्रदेश महामन्त्रीमा उम्मेदवारी घोषणा

960
Shares

काठमाडौं – नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाका नेता गोकुल बरुवालले बागमती प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बुनपा वडा नंं ८ का पूर्व सभापती तथा हाल क्षेत्र नं ४ प्रदेश ख बाट बागमती प्रदेश प्रतिनिधिमा चयन भएका बरुवालले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा बागमती प्रदेशको महामन्त्रीमा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले यसअघि वडा नंं ८ को सभापती, त्यसपछि प्रदेश ख को उपसभापती दाबी गरेका थिए । तर सहमतीका लागि भन्दै ती पदहरु छाडेपछि बरुवाल बागमती प्रदेशको प्रतिनिधिमा चयन भए ।

काठमाडौं क्षेत्र नं ४ र बुढानिलकण्ठ नगरपालिकाको कांग्रेस राजनीतिमा निकै सक्रिय बरुवालको इच्छा बागमती प्रदेशको महामन्त्री बन्ने छ । उनी नेपाली कांग्रेसका युवा नेता गगन थापा नजिक मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij